वडा अध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरीकलाई नागरिकता

मुकेश कुमार यादव / सिरहा १२ फाल्गुन। जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिएको खुलेको छ। सिरहाको नरहा गाउँपालिका ३ का वडा अध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डलले आर्थिक चलखेलगरी भारत, बिहार, मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मियाँलाई नेपाली नागरिक्ताको लागि सिफारिस दिएको खुलेको हो। 

वडा अध्यक्ष अन्सारीकै सेटीङमा नक्कली बुवा–आमा खड्डा गरी मियाँलाई नागरिकता दिएको स्थानीयहरुको भनाई रहेको छ। 

सग्लो अक्षर समेत नचिन्ने नरहा गाउँपालिका ३ खोरियाका अमानत मियाँ (नागरिकता नं. १५३०७०÷८२) र उनकी पत्नी रजिना खातुन (नागरिकता नं. १५–०१–७६०१३३५) लाई वडा सचिव र वडा अध्यक्ष अन्सारीले नै नक्कली आमा÷वुवा बनाई सिफारीमा सनाखत बसेको स्थानियहरु बताउँछन्। 

तर, अमानत मियाँ भने आफूलाई कुनै पैसा नदिएको बताउँछन्। उनी भन्छन, ‘मेरो छोरोको  नागरिकता बनाउनको लागि सिफारिस लिन गएको बेला सचिवले यसमा पनि सहि गरिदेउ भनेकाले सहि गरिदिएको थिएँ। उनले मेरै छोरा वनाएको भन्ने मैले पछि मात्र थाहा पाएँ। मलाई सचिवले अलमल्याएर सहि गर्न लगाएका हुन् मोस्ताक मेरो छोरो होइन।’ 
एक स्थानीयले भने पैसाको प्रलोभन उनीहरु बुवा आमा बनेका हुन्। सवै तारतम्य मिलाउने वडा अध्यक्ष आफै रहेको दावी गरे।

नागरिकता सिफारिस र अन्य अन्य तारतम्य मिलाउन अध्यक्ष अन्सारी र सचिव मण्डलले एक लाखभन्दा बढी भारतीय रुपैयाँ लिएको नाम नखोल्ने शर्तमा एक स्थानियले बताए। उनले भने, ‘वडा अध्यक्ष अन्सारीले नै जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई समेत अतिरिक्त रकम दिलाएर नागरीकता बनाईदिएको हो।’ 

वडा अध्यक्ष अन्सारीले त्यसदिन कार्यालयमा भिडभाड भएकाले भुलचुकमा त्यस्तो हुन गएको बताए । उनले भने, ‘त्यसदिन कार्यालयमा अलि भिडभाड थियो, सचिवले मलाई कागजदिए, मैले पनि धेरै ख्याल नगरी सहि गरेर पठाईदिएँ। भुलचुकका कारण हुन गएको हो।’

सचिव मण्डलले भने नागरिकता सिफारिसमा अध्यक्षले लगाएको तोक आदेशको आधारमा कागजपत्र मिलाएको हो। मलाई यहाँ कसको छोरो को हो भन्ने कसरी जानकारी  हुन्छ। मेरो यसमा कुनै दोष छैन। 
जिल्ला प्रशासन कार्यालय सिरहाबाट २०८० असार २६ गते मोस्ताकको नाममा जारी १५०१८०–४३६२ नम्वरको नागरिक्ता बनेको करवि दशदिन पछि नै स्थानियहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। 
उजुरीमा तत्कालिन प्रशासकीय अधिकृत भवेश झाले नजिकको प्रहरी कार्यालयमा पठाई सत्य तथ्य बुझी आवश्यक कार्यावाही गर्ने भनी तोक आदेश गरेको थियो। तर, आर्थिक प्रभाव र राजनितिक दवावका कारण अहिले सम्म दोषी उपर कुनै प्रकारको कानुनी कार्यवाही अगाडी बढाएको छैन्।  

स्थानीयले जिल्ला प्रशासन कार्यालय सिरहाबाट मोसताक मियाँ नामका भारतीय व्यक्तिलाई नेपाली नागरिकता प्रदान गरिएको बारे जानकारी गराउँदा समेत जिल्ला प्रशासन कार्यालयले हाल सम्म कुनै चासो नदेखाउनुले पनि तलदेखि माथिसम्मको  सबै मिलेमतो रहेको पुष्टि गर्छ। 
यस विषयमा जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक जिल्ला अधिकारी तेजराज बरालसँग बुझ्दा उनले यो घटना आफ्नो नोटिसमा नरहेको बताए। उनले भने, ‘यो विषय मेरो नोटीसमा छैन, म बुझेर तपाइँलाई जानकारी गराउँला।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।