ब्यारेकमै झुण्डिएकी सशस्त्रका इन्सपेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अनुसन्धान गर्न सशस्त्रकै इन्सपेक्टर जोशी पक्राउ
काठमाडौ । सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अनुसन्धान गर्न सशस्त्रकै इन्सपेक्टर विवेक जोशीलाई पक्राउ गरिएको छ।
ब्यारेकमै झु’न्डि’एको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशीविरुद्ध आ’त्मह’त्या दुरुत्साहनको आरोपमा किटानी जाहेरी दिएका थिए।
पक्राउ परेका इन्सपेक्टर विवेक जोशी २३ नं. गण तनहुँमा कार्यरत रहेका छन् र उनी १६ बेसिकका इन्सपेक्टर हुन्। जोशी र सन्तोषी प्रेमी-प्रेमिका रहेको परिवारको दाबी छ, र त्यही कारणले सन्तोषीले आ’त्मह’त्या गर्नु परेको भनिएको छ।


