शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना, क्षयरोगको आशंका

काठमाडौं, १३ फागुन । शिक्षामन्त्री विद्या भट्टराई स्वास्थ्यमा समस्या देखिएपछि चार दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन् ।

घाँटीमा समस्या देखिएकाले भट्टराई चार दिनदेखि अस्पतालमा उपचाररत रहेको उनको सचिवालयले जनाएको छ । भट्टराईलाई क्षयरोग भएको आशंका गरिएको छ ।

मन्त्री भट्टराईको उपचारमा संलग्न चिकित्सकका अनुसार क्षयरोगको आशंकामा थप परीक्षण भइरहेको छ । मंगलबार बिहान स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अस्पताल पुगेर मन्त्री भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि भट्टराई केही दिनयता सार्वजनिक कार्यक्रममा देखिन छाडेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।