काठमाडौं महानगरमा प्रशासकीय अधिकृत नपठाएकोमा सांसद शाहीको आक्रोश

काठमाडौँ, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले केपी ओली नेतृत्वको सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर काठमाडौँ महानगरपालिकालाई बन्धक बनाएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा उनले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा सरसफाइकर्मी, शिक्षक र कर्मचारीले पारिश्रमिक पाउन नसकेको बताए । 

नयाँ आएका नगर प्रमुखलाई असहयोग गर्न प्रमुख प्रशासकीय अधिकृत नपठाउनुभन्दा आगामी स्थानीय तहको निर्वाचनमा निर्वाचन नगरी आफ्ना कार्यकर्तालाई अबिर जात्रा गरी नगर प्रमुखको रूपमा पदभार ग्रहण गर्ने व्यवस्था गर्न उनले चुनौती दिए ।

काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाइदिन मेयर बालेन्द्र साह बालेनले सरकारलाई पत्र पठाएको झन्डै दुई महिना भइसकेको छ । तर अहिलेसम्म सरकारले पठाउन सकेको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।