विराटनगरमा आत्महत्या न्युनीकरण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
विराटनगर, फागुन १३ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभालमा आत्महत्या न्युनीकरण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
फागुन १३ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. निकीता कार्की र बिराट नर्सिङ होम विराटनगरका मानसिक रोग विशेषज्ञ डा. राजन मिश्रा विच आत्महत्या न्युनीकरणका लागि समन्वय र सहकार्य गरी बिभिन्न सचेतनामुलक कार्यक्रमहरु तथा परामर्स सेवा संचालन गर्न छलफल तथा अन्तरक्रिया भएको थियो ।
उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, प्रहरी उपरीक्षक दिपक पोखरेल लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


