ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ

बांके । बाँकेबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला बहराइज काजीपुरवाका २१ वर्षीय अल्बक्स खाँ रहेका छन्।

खाँलाई नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाह पुरानो इँटाभट्टाबाट सोमबार साँझ पक्राउ गरिएको बाँके प्रहरीका प्रहरी निरीक्षक हिमराज विकले बताए।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं र इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले भारतबाट नेपाल छिरेका खाँलाई पक्राउ गरेको विकले बताए।

खाँको साथबाट प्रहरी ७२२.६३ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

नेपालमा भारतबाट ब्राउन सुगर तस्करी हुँदै आएको छ। यी भरियाले उक्त ब्राउन सुगर कहाँ लैजाँदै थिए भन्नेबारे अनुसन्धान भइरहेको छ।

ब्राउन सुगर महंगो मूल्यमा बिक्री हुने गरेको छ। ठाउँअनुसार यसको मूल्य प्रतिग्राम पाँच हजारदेखि सात-आठ हजार रुपैयाँसम्म पर्ने गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।