दिल्ली पुगे खानेपानीमन्त्री यादव

काठमाडौँ ।  खानेपानीमन्त्री प्रदीप यादवलाई भारतको राजधानी नयाँ दिल्लीमा आज भव्य स्वागत गरिएको छ ।

आज शनिबार नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा, भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने प्रोटोकल अधिकारी तुसारअंशु शर्मालगायत उच्च अधिकारीहरूले मन्त्री यादवलाई स्वागत गरेका थिए ।

मन्त्री यादव नेपाल सरकारको तर्फबाट भारतको जलशक्ति मन्त्रालयमा आयोजना हुने खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न नयाँ दिल्ली पुगेका हुन् । उक्त समझदारीपत्र यही फागुन १९ गते सोमबार नेपाल सरकारका तर्फबाट मन्त्री यादव र भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ ।

नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापन जस्ता महत्त्वपूर्ण क्षेत्रमा आपसी सहयोग विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर गरिने भएको छ । यस सम्झौताले नेपालमा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच विस्तार, सरसफाइ प्रवद्र्धन तथा फोहोर व्यवस्थापनमा ठोस सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, नेपाल सरकारको हालसम्मका प्रयासलाई थप सशक्त बनाउने लक्ष्यसमेत यस सम्झौताले बोकेको छ ।

नेपाल–भारतबीचको आपसी समझदारी र सहकार्यलाई मजबुत बनाउने यो सम्झौता दुवै देशका नागरिकका लागि लाभदायक हुने विश्वास गरिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानीमन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो । मन्त्री यादव मङ्गलबार स्वदेश फर्किनु हुने कार्यक्रम तय भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।