ग्यालेक्सी युवा क्लबको सरसफाई अभियान जारी, जीतपुर चोकमा नेपाली झण्डा राखियो

काठमाडौँ । कपिलवस्तुको बाणगंगामा सक्रिय ग्यालेक्सी युवा क्लबले ‘एक घर, एक पसल, एक व्यक्ति’ सरसफाई अभियान आज चारनम्बर चोकमा सरसफाई सम्पन्न गरेको छ ।

क्लबले माघ ५ गते शनिबारदेखि शुरु गरेको सरसफाई अभियान अन्तर्गत बाणगंगा नगरपालिका क्षेत्रमा हरेक शनिबार सरसफाई गर्दै चार नम्बर, जीतपुर चोकमा रहेको टावरमा नेपाली झण्डा पनि राखेको छ ।

क्लबकी सचिव भावना बेलबासेले यो अभियान बारे विस्तारै जानकारी हुदै गरेको र सहभागिता पनि बढ्दै गएको बताएकी छन् । नयाँ क्लब भएकाले अहिले सदस्यको विस्तार गर्ने र नयाँ कार्यक्रम ल्याउने तयारीमा रहेको उनले बताइन् । 

समाजमा बढ्दै गएको विकृति र विसंगतिविरुद्ध लड्न तथा समाजमा रहेका दुखि गरिबको सेवा गर्दै प्राकृतिक विपदको सहयोगी हात बन्न स्थापना गरिएको क्लबले स्थानीय युवा, व्यवसायीहरुको सहभागिता हाल सरसफाई अभियान चलिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।