गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरीमा हालसम्मकै धेरै यात्रु आवागमन

काठमाडौं, फागुन १९ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरी महिनामा हालसम्मकै धेरै यात्रु आवागमन भएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबू तिवारीले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको विवरणअनुसार, फेब्रुअरी २०२५ मा कुल ११५ उडान–अवतरणमार्फत ६,७७९ यात्रु ओहोर–दोहोर गरेका छन्। यो संख्यामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएयताकै सबैभन्दा बढी हो।

फेब्रुअरी महिनामा फ्लाइ दुबई, जजिरा एयरवेज, थाई एयर एसिया, नेपाल एयरलाइन्स तथा चार्टर उडानमार्फत यात्रुहरू ओहोरदोहोर गरे। फ्लाई दुबईमार्फत २,४०३, जजिरा एयरवेजमार्फत ३,२६५, थाई एयर एसियामार्फत १,०९७, नेपाल एयरलाइन्समार्फत १ तथा चार्टर उडानमार्फत १३ यात्रु यात्रा गरेका छन्। तीमध्ये २११ विदेशी यात्रु रहेका छन्।

नेपाल एयरलाइन्स र फ्लाइ दुबईमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएका–जाने ट्रान्जिट यात्रुहरूको संख्या ४,०४० रहेको छ। महाप्रबन्धक तिवारीका अनुसार, नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएयता यात्रु संख्यामा निरन्तर वृद्धि हुँदै आएको छ। नोभेम्बर २०२४ मा ४,२७९, डिसेम्बर २०२४ मा ३,८७८, जनवरी २०२५ मा १,३६५ र फेब्रुअरी २०२५ मा ६,७७९ यात्रु ओहोरदोहोर गरेका छन्। फेब्रुअरी महिनामा यात्रु संख्यामा भएको उल्लेखनीय वृद्धिले भैरहवा विमानस्थलको सम्भावनालाई पुनः बल दिएको देखिन्छ।  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।