अढाई किलो अफिम सहित एक जना पक्राउ

बारा । बाराको पथलैया चौकबाट प्रहरी गस्ती टोलीले अढाई किलो लागुऔषध अफिम सहित १ जनालाई पक्राउ गरेको छ। त्यस्तै प्रहरीको अर्को टोलीले सिमरा चौकबाट ४८ लाख बढीको अबैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ।

आईतवार साँझ ५ बजेको समयमा प्रहरी चौकी पथलैयाबाट असई अमृत मैनालीको  कमाण्डमा गएको टोलीले पथलैया चोकमा वीरगंज तर्फ गईगरेको  प्र ०३-०३-००१ प ५२७३  नम्बरको एफजेड मोटरसाईकल चेकजाँच गर्दा चालकले बोकेको झोलामा लुकाई झिपाई राखेको अढाई किलो लागुऔषध अफिम बरामद गरेको हो।

लागुऔषध अफिम सहित मोटरसाईकल र चालक धादिङ जिल्ला गजुरी नगरपालिका ४ बस्ने बर्ष २६ को राजन चेपाङ लाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन्।

उता ईलाका प्रहरी कार्यालय सिमराबाट असई प्रदिप पाण्डेको कमाण्डमा गएको टोलीले सिमरा सुर्य नेपाल स्थित काठमाण्डौँ तर्फ जादै गरेको ना ६ ख ४३५१  नम्बरको ट्रकलाई  चेकजाँच गर्दा भन्सारको प्रज्ञापन पत्र नरहेको ४८ लाख ६ हजार ९ सय ५२ रूपैया बराबरको सामान बोकेका ट्रक सनिवार नियन्त्रणमा लिएको थियो।

एरियल टाईड र उईस्वर एरियल समान सहित नियन्त्रणमा लिईएको ट्रक तस्करीको आशंकामा आवश्यक कारवाहीको लागी आईतवार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।