प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईद्वारा उत्कृष्ट तवरले प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन

विराटनगर, फागुन १९ गते । नेपाल प्रहरी प्रधान कार्यालय नक्शाल काठमाण्डौ, प्रशासन बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आईपर्ने समस्या र चुनौतीको सामना गरी नागरिकको आशा र भरोसा को केन्द्र भई इमान्दारीका साथ उत्कृष्ट तवरले प्रहरी सेवा प्रदान गर्न आवश्यक निर्देशन दिनुभएको छ ।

फागुन १९ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा आयोजित एक कार्यक्रममा वँहाले नागरिक प्रति प्रहरी उत्तरदायी भई सकरात्मक सोचका साथ जनमुखी प्रहरी सेवा प्रदान गरी नेपाल प्रहरीको छवी उच्न बनाउन निर्देशन दिनु भयो । वँहाले मातहत प्रहरी कार्यालयहरुको साथ र सहयोग प्रती प्रहरी प्रधान कार्यालय आभारी रहेको बताउनु हुदै आगामी दिनहरुमा समेत साथ र सहयोगको अपेक्षा रहने बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले प्रहरी संगठनमा लामो समय देखि अतुलनिय योगदान पुर्‍याउनु हुने प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईलाई राष्ट्र सुरक्षाका लागि वहाले दिनु भएको योगदानको उच्च सम्मान गर्दै वहाँबाट हामीलाई अति उपयोगी निर्देशन प्राप्त भएकोमा शुभकामना सहित धन्यवाद व्यक्त गर्नु भयो । साथै तालुक कार्यालयबाट भएको आदेश निर्देशनलाई हृदयंगम गरेर समाजमा शान्ति सुरक्षा स्थापना गर्न अहोरात्र खटिने बताउनु भयो ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भिम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्याबस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी सुनसरी, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरीका प्रहरी प्रमुख सहित सिनियर तथा जुनियर प्रहरी अधिकृत सहित प्रहरी कार्मचारीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।