मेलम्चीको पाइप फुट्यो : थापाथली डुवानमा, सडक अवरुद्ध

काठमाडौं, फागुन २० । थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बताएको छ। आज बिहानै मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न हुनुका साथै सडक अवरुद्ध भएको हो।

पाइप फुटेको स्थानमा पानी वितरण नगरिएको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बताएको छ। पाइप फुट्नुको कारण हालसम्म जानकारीमा आइनसकेको केन्द्रको भनाइ छ।

काठमाडौं, फागुन २० । रासस पाइप फुटेपछि सडकपेटीमा पनि क्षति पुग्नुका साथै वरपरका पसलहरुमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रहेको रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरुमा पानीको भेल पसेर जलमग्न भएको छ ।

यसअघि माइतीघर–बानेश्वर सडक खण्डको बबरमहल क्षेत्रमा पनि मुख्य पाइप फुटेको थियो। विद्युत् प्राधिकरणले तार भूमिगत गर्न प्रयोग गरेको प्वाल खन्ने उपकरणले क्षति पुर्याउँदा पाइप फुटेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।