अढाइ किलो अफिम सहित दुई जना पक्राउ

सञ्जय मिश्रा ,रौतहट । बाराको अमलेखगन्जस्थित प्रहरी गस्ती टोलीले अढाइ किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

मंगलबार बिहान अमलेखगन्ज चौकमा हेटौंडाबाट वीरगन्तर्फ जाँदै गरेको प्र.३-०३-००२ प ८११ नम्बरको मोटरसाइकललाई  जाँच गर्दा सिटमुनी लुकाएर राखेको अढाए किलो अफिम बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता विजयराज पण्डितले बताएका छन्।

मोटरसाइकल चालक  चितवन कालिका नगरपालिका-३ का ५० वर्षीय सञ्चलाल वाइबा र पछाडि सवार  हेटौडा उप-महानगरपालिका-३ का ४८ वर्षीय हिरालाल वाइबा पक्राउ परेको पण्डितले जानकारी दिएका छन्।

अफिम तीन वटा पोकामा थिए। इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट वरिष्ठ सई टेकबहादुर कार्कीको कमाण्डमा गएको टोलीले सूचनाको आधारमा मोटरसाइकललाई चेकजाँच गरेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।