भारतबाट कलैया लैजाँदै गरेको नेपाली २५ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ

सञ्जय मिश्रा ,रौतहट – भारतबाट नेपालतर्फ ल्याइँदै गरेको नेपाली २५ लाख रुपैयाँसहित एक जना व्यक्ति पक्राउ परेका छन्। 

हुण्डीमार्फत् कारोबारीले कलैयातर्फ ल्याउँदै गरेको  २५ लाख नेपाली रुपैयाँ रौतहट बारासँग जोडिएको झरौखर नाकामा सीमा सुरक्षा बल एसएसबीले बरामद गरेको हो।

भारतबाट हुण्डीमार्फत् ठूलो परिमाणमा नेपाली रुपैयाँ लगिएको विशेष सूचनाको आधारमा एसएसबी ७१ औं बटालियन पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल सिंह नेतृत्वको टोलीले मंगलबार साँझ चेकजाँचको क्रममा हुण्डी कारोबारीसहित उक्त रुपैयाँ बरामद गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला घोडासहन माइस्थान चौकका २५ वर्षीय अविनास कुमार रहेको एसएसबीले जनाएको छ। अविनासले चलाएर जाँदै गरेको मोटरसाइकलको ह्याण्डिलमा झुन्ड्याएको खोलाभित्र नेपाली २४ लाख ७१ हजार र भारु ३८ हजार बरामद भएको एसएसबी क्याम्प जमुनियाका प्रमुख भाग सिंहले बताए।

सोधपुछको क्रममा भारतीय नागरिक अभिनास कुमार हुण्डी कारोबारी रहेको र बरामद रुपैयाँ बाराको सदरमुकाम कलैया लैजाने तयारी रहेको बताएका थिए। उनले लामो समयदेखि भारतबाट हुण्डी कारोबार गर्दै आएको स्वीकार गरेको एसएसबीले जनाएको छ।

नेपाली र भारतीय रुपैयाँ मोटरसाइकलसहित अविनास कुमार लाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि मंगलबार साँझ नै भारतीय झरौखर थानामा बुझाइएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ।
पछिल्लो समय रौतहट र बाराको विभिन्न स्थानमा नेपाली र भारतीय रुपैयाँको हुण्डी कारोबारी सक्रिय भएको देखिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖