रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपी मण्डल प्रहरी नियन्त्रणमा

मुकेश कुमार यादब/सिरहा ,२१ फाल्गुन । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सदा मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डललाई आज प्रहरीले नियन्त्रणमा लिएको हो। 

घटनाको २४ दिन पछि प्रहरीले मुख्य आरोपी मण्डललाई पक्राउ गर्न सफल भएको छ। घटनाका मुख्य आरोपी मण्डललाई भारतबाट पक्राउ गरेको प्रहरी स्रोतले जानाएको छ ।

माघ २७ गते करीव ७ वजे राति शौच गर्न बाहिर निस्केकी रिंकु बिहानी ३ बजे घरमा आएको थियो। विहान रोइरहेको अवस्थामा अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् ।

रिंकु माघको ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । पक्राउ गरेका मण्डललाई सिरहा जिल्ला अदालतमा म्याद थपने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।