काठमाडौंको माइतीघरमा बृहत प्रदर्शन गर्ने तयारीमा शिक्षक

काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी फागुन २४ गते काठमाडौंको माइतीघरमा बृहत प्रदर्शन गर्ने भएको छ । संसद्मा विचाराधीन रहेको संघीय शिक्षा ऐनमा आफूहरुका विभिन्न मुद्दाहरु समेटिनुपर्ने मागसहित शिक्षकहरुले प्रदर्शन गर्न लागेका हुन् ।

अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरुलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरुको माग रहेको छ । बाल कक्षा शिक्षक (इसीडी), अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायत विषय शिक्षकहरुले अगाडि सारेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले पनि ७७ वटै जिल्ला समिति र सात प्रदेशका समितिहरुलाई काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन सर्कुलर जारी गरेको छ । राहत शिक्षक केन्द्रीय समितिले काठमाडौं, भक्तपुर र ललितपुरका राहत शिक्षकहरुको उपस्थिति अनिवार्य गराएको छ । उक्त प्रदर्शनमा देशभरबाट ३६ हजारभन्दा बढी शिक्षकहरु काठमाडौं आउने तयारी रहेको महासंघले गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।