नेपाली आप्रवासनका क्षेत्रका समस्याको समाधान गर्ने विषयमा मन्त्रीस्तरीय छलफल

काठमाडौँ । नेपाली आप्रवासनका क्षेत्रमा हाल देखा परिरहेका समस्याहरुको समन्वयात्मक रुपमा समाधान गर्ने विषयमा मन्त्रीस्तरीय छलफल भएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित गृहमन्त्री रमेश लेखक, श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारी, परराष्ट्र, गृह तथा श्रम मन्त्रालयका सचिवहरु सम्मिलित बैठकले   नेपाली आप्रवासनका क्षेत्रमा हाल देखा परिरहेका समस्याहरुको समन्वयात्मक रुपमा समाधान गर्ने विषयमा बुधबार छलफल गरेको हो । 

सो बैठकमा नेपालको श्रम तथा आप्रवासन सहित विदेशमा अध्ययनरत नेपाली विद्यार्थीका समस्या र समाधानबारे छलफल भएको मन्त्री डा. राणाले जानकारी दिएकी छन् । साथै बैठकमा नेपाल सरकारले प्रतिबन्ध लगाएपनि कतिपय मध्यपूर्वी देशमा घरेलु कामदारका रुपमा नेपाली महिलाहरु अवैध बाटोबाट गइरहेकाले उनीहरुको सुरक्षाका साथै आगामी दिनमा यस्तो प्रतिबन्ध हटाउने विषयमा पनि आवश्यक छलफल भएको थियो । 

विश्वमा रहेका नेपालीहरुको सहयोग तथा उद्वारका लागि परराष्ट्र मन्त्रालयलाई परेको समस्याको बारेमा आगामी दिनमा मन्त्रालयबीच समन्वय गरेर अघि बढ्ने विषयमा छलफल भएको मन्त्री डा. राणाले जानकारी दिएकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖