डडेल्धुरा पुगेर गृहमन्त्रीले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

डडेल्धुरा । गृहमन्त्री रमेश लेखकले डेढ बर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण थालनी गरेका छन् ।

गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर डडेल्धुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदान बाफतको पहिलो किस्ता रु ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गरेका हुन् ।

अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री लेखकले डोटी भूकम्पबाट प्रभावित लाभग्राहीहरुको स्थायी आभाव आगामी असार मसान्तभित्र निर्माण गरिसक्न आग्रह गरे । उनले डोटी भूकम्प गएको डेढ बर्षबितिसक्दा पनि पुर्ननिर्माण र प्रवलीकरणमा ढिलाई भएको बताउँदै आफूले बितेको सात महिनामा पुर्ननिर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर पुर्ननिर्माणको कार्य आरम्भ गर्न गइरहेको जानकारी दिए ।

‘नीजि आवास निर्माणका लागि डेढ बर्ष बितिसक्दा पनि स्थायी आवास बनाउने प्रवन्ध गर्न सकेको थिएन ।’ गृहमन्त्री लेखकले भने, ‘अब प्रभावित जिल्लामा पुर्ननिर्माण द्रुत गतिमा गर्न इकाइ कार्यालय नै स्थापना गरेर अघि बढ्ने तयारीका साथ यहाँ आएका हौं ।’

उनले शुक्रबार बझाङ्ग, शनिबार अछाम र जाजरकोटमा आइतबार पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन ईकाइ उद्घाटन गरिने जानकारी दिए । उनले बझाङ्ग, डोटी र डडेल्धुरामा भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षतिको आँकलन गरिएको भएपनि जाजरकोटमा क्षति आँकलन गर्न प्राविधिक टोली आवश्यक तालिमसहित खटाइने जानकारी दिए ।

‘जाजरकोटमा प्राविधिक टोली तालिम लिएर इकाइ खुलेपछि खटिनेछ ।’ उनले भने, ‘लाभग्राही छनौट लगायतका विषयमा स्थानीय सरकारको अहम भूमिका रहन्छ ।’

मन्त्री लेखकले भूकम्पपछिको पुर्ननिर्माणमा सहयोग गर्न स्थानीय सरकारसित समेत आग्रह गरे ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भिष्मकुमार भूसालले डोटी भूकम्पबाट नौ हजार चार सयको हाराहारीमा प्रभावितको पहिचान भएको बताउँदै अब पुर्ननिर्माणले गति पाउनेमा जोड दिए ।

‘स्थायी आवास निर्माणका लागि रकम वितरणको कार्य थालनी गरेका छौं ।’ कार्यकारी प्रमुख डा भूसालले भने, ‘प्रारम्भ बिन्दू डडेल्धुराबाट भएको छ ।’

त्यसैगरी डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले डडेल्धुराका विभिन्न पालिकामा गरी भूकम्पपछिको पुर्ननिर्माणमा २६ र प्रवलीकरणमा ५२ गरी ७८ लाभग्राही परिवारलाई सम्बोधन गरिने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।