हवेली दरवार भरतपुरमा दिनभर भीड

भरतपुर । दिनमा प्रायः सुनसान रहन्छ भतरपुर महानगरपालिकास्थित लेक ट्वाटी थाउजेन्ड फार्म एण्ड रिसोर्ट (एलटीके) हवेली दरवार चम्पानगर । तर शुक्रबार भने रौनक फरक बन्यो । दिनभरि यहाँं तनातन भीडले भरिभराउ रहे ।  यसो हुनुको कारण थियो भक्तपुरको विश्वकर्मा भैल प्याखं (नाच) देखाउनु । भक्तपुर नगरपालिका वडा नं ९ तौलाछेंस्थित भैल प्याखं दिनभर यहाँं ादेखाइएको थियो ।

विश्वकर्मा भैल प्याखं अन्तर्गत पाँंच वटा नाचहरु देखाइएका थिए । भैल प्याखं, लाखे प्याख, कवांचा प्याख, ख्या प्याखं र खिचा प्याखं देखाइएका हुन् । यी सवैलाई सामूहिक रुपमा भैल प्याखं भनिन्छ ।  

यी सवै नाचहरुमा घटीमा दुईजनादेखि वढीमा १० जनासम्मको समूह रहेको छ । प्रत्येक कलाकारहरुले छुटाछुटै मुकुण्डो लगाई सामूहिक नाच प्रदर्शन गरेका हुन् । साथै आआफनो पहिरण लगाई उनीहरु नाचमा सहभागी भएका थिए । नाचमा बाजागाजा बजाउने पनि छुटै टोली रहेको थियो ।  

प्रदर्शनका लागि भक्तपुरबाट ४९ जना कलाकार तथा बाजागाजाकर्मीहरु मुकुण्डो तथा बाजागाजासहित आवश्यक सामानहरु लिएर विहीबार नै भक्तपुरबाट चितवन पुगेका थिए ।  

नाच हेर्नका लागि दिनभर चितवनबासीको भीड लागेको थियो । विशेष गरेर स्कुलका विद्यार्थीहरु नाच हेर्नका लागि पुगेका थिए । आयोजक एलटिके आर्ट्स् एण्ड स्पोट्र्स एकेडेमी (लासा) नेपालले जनाए अनुसार चितवनका झण्डै एक दर्जन स्कुलहरुका एक हजार विद्यार्थीलाई आमन्त्रण गरिएको थियो । उनीहरु सवैलाई प्रवेश निःशुल्क गरिएको थियो । 

महाआनन्द महोत्सव २०८१ नामाकरण गरिएको कार्यक्रममा विश्वकर्मा भैल प्याखं खल भक्तपुरको मौलिक बाजा, नृत्य र कलाकारहरुसँंगको महाआनन्द महोत्सव २०८१ नम दिइएको थियो । यस्तोखाले कार्यक्रम चितवनमा पहिलो पटक भएको आयोजकको भनाई छ ।

कार्यक्रमको उदघाटन नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति निशा शर्माले गरेकी थिइन् । आयोजक लासा नेपालकी अध्यक्ष सीता तामांग लोहनीका अनुसार यसअघि पनि रिसोर्टमा यस्तैयस्तै कार्यक्रम गरिएको भए पनि पूर्ण रुपमा नेवारी संस्कृतिबारेमा भएको यो नै पहिलो कार्यक्रम हो । कार्यक्रमपछि सहभागी विद्यार्थीलाई गाईजात्राको अवसरमा नाचिने घिन्तान्गिसी (लठी जुधाएर लेखिने नाच) सिकाउनुका साथै सामूहिक नाच पनि नाचिएको थियो ।

भक्तपुरको कला संस्कृतिलाई जर्गेना गर्दै भक्तपुरको नाचलाई देशभरि चिनाउने उद्देश्यले देशविदेशमा यो नाच देखाउँंदै आएको विश्वकर्मा भैल प्याखंका संयोजक विष्णुप्रसाद प्रजापतिले बताए ।

भैल प्याखंबारे इतिहास

भैल प्याखं (नाच) पौराणिक साँंस्कृतिक नाच हो । परापूर्वकालमा भादगाउँं (हालको भक्तपुर) मा भूतप्रेत, दैत्य, दानबहरुले अति नै जनताहरुलाई दुख दिने गर्दथ्यो । त्यसपछि जनताहरु राजाकहाँं विन्ती विसाउन पुगेछन् । त्यसपछि राजाले नामुद तान्त्रिकलाई बोलाई क्रोेधरुपी भैरब गण तयार गरी खड्ग समाउन लगाई विभिन्न ताल तथा मुद्रामा नाच सिकाई ती भूतप्रेत दैत्यलाई लखेटेर नास गरी त्यसको खुशियालीमा यो नाचको उत्पती भएको भन्ने जनश्रुती रहेको छ । 

यस भैल प्याखंमा मुल पात्र भैल हुने गर्दछ । यसमा भैल, महाकाली, बाराही, देवी, महालक्ष्मी एकएकजना गरी पाँंच जना, बेताल तीन जना, भुचा दुईजना गरी कुल १० जना रहेको जनाइएको छ । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।