सङ्खुवासभाको खाँदबारीभन्दा १२९ किलोमिटर उत्तर तिब्बत केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससीकाअनुसार सङ्खुवासभाको खाँदबारीभन्दा १२९ किलोमिटर उत्तर केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
तिब्बतमा ५.२ म्याग्निच्युडको भूकम्प गएको गएको हो । जसको धक्का नेपालमा पनि महसुस भएको छ ।
यसअघि पुस २३ मा तिब्बतको डिङ्ग्री काउन्टीमा भूकम्प गएको थियो ।


