बारको निर्वाचनमा मिश्रको अग्रता कायमै

काठमाडौं, २५ चैत । नेपाल बार एशोसिएसको निर्वाचनमा बिजयकुमार मिश्रले अग्रता जारी रहेको छन् ।

 

जारी मतगणनाको प्रारम्भिक रिपोर्ट अनुसार काठमाडौं, बिराटनगर, धनकुटा, सुनसरी, मोरङलगायतका मतदान केन्द्रको मतगणना हुदाँ मिश्रले अग्रता लिईरहेका हुन् ।

 

काठमाडौंमा मिश्रको ६४ मत प्राप्त हुदाँ श्रेष्ठले ५१ मत पाएको आधिकारिक घोषणा गरिएको छ।

 

गत शनिवार निर्वाचनमा भावी अध्यक्षका लागि बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने जनाइएको थियो ।

 

नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा २५ पदका लागि ७५ जनाले उम्मेदवारी दिएका छन्, जसका लागि अपरान्ह १२ बजेवाट मतदान सुरू भएको हो ।

बारको भावी अध्यक्षका लागि समूहगत दुई र ३ जना स्वतन्त्र गरी पाँचजनाको उम्मेदवारी परेको छ । जसअनुसार वरिष्ठ अधिवक्ता मिश्र, वरिष्ठ अधिवक्ता श्रेष्ठ सहित अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेल भावी अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका छन ।

 

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदात ९ हजार ९५७ रहेका मध्ये ८० प्रतिशतले मतदानमा सहभागी भएका छन् ।  उनका अनुसार काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेका मध्ये काठमाडौँ मतदान केन्द्र भने सर्वोच्च अदालतमा थियो, जसमा  करिब ६ हजार मतदाता रहेका छन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।