१० किलो ७ सय ग्राम लागूऔषध गाँजा सहित एक युवक पक्राउ

मोहन लामिछाने/बारा, २७ चैत । बारा प्रहरीले १० किलो ७ सय ग्राम लागूऔषध गाँजासहित मकवानपुरका एकजना युवकलाई पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६ का ३८ वर्षिय रवि थिङ रहेकाछन् । 

थिङलाई जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जबाट पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता डिएसपी बिजयबाबु पण्डितले जानकारी दिए । डिएसपी पण्डितका अनुसार हेटौंडाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ३६ प २१७७ नम्बरको पल्सर मोटरसाइकललाई प्रहरी कार्यालय अगाडिको चेक प्वाइन्टमा रोक्न खोज्दा थिङ भागेका थिए । 

 

प्रहरीले लखेट्दै गएर नजिकैको गणेश मन्दिर छेउमा फेला पारी खानतलासी लिँदा थिङले बोकेको कालो झोलामा ६ किलो र मोटरसाइकलको तेल ट्याङकीभित्र ४ किलो ७ सय ग्राम लागूऔषध गाँजा लुकाईछिपाई ल्याइएको भेटिएको प्रहरीले जनाएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।