मानव बेचबिखन मुद्दामा पाँच वर्ष सजाय तोकिएका व्यक्ति पक्राउ

काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

 पक्राउ पर्नेमा गोरखा, गोरखा नगरपालिका-११ घर भएका २१ वर्षीय निरज ढकाललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसलाअनुसार उनलाई उक्त मुद्दामा पाँच वर्ष कैद सजाय र नगद २५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार थिए।

उनलाई मानव बेचबिखन ब्युरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखा, गोरखा नगरपालिका-११ बाट पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार ढकालले टोखा नगरपालिका-९ मा घर भाडामा लिएर खाजाघर सञ्चालन गरेका थिए। उक्त खाजा घरमा बालिका राखेर उनले यौनधन्दामा संलग्न गराएका थिए। 
पीडित बालिकाको उद्धार गरी ढकाललाई प्रहरीले २०७९ मंसिर २५ गते पक्राउ गरी अदालत पेश गरेको थियो। अदालतले उनलाई २०७९ पुस ७ गते एक लाख धरौटीमा रिहा गरेको थियो। 

२०८१ मंसिर ८ गते अदालतले फैसला गर्दै ढकाललाई पाँच वर्षको सजाय तोकेको थियो। त्यसयता ढकाल फरार रहेका थिए। 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।