बनेपाबाट पाँच किलो पोलाइन्ड लागुऔषधसहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरीले काभ्रेको बनेपाबाट करिब पाँच किलो पोलाइण्ड नामक लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। 

काभ्रेको बनेपा-८ स्थित बसपार्क क्षेत्रबाट मंगलबार धुलिखेल नगरपालिका-६ का २८ वर्षीय अमृत भण्डारी र सोही नगरपालिका-४ का ३० वर्षीय श्रीकृष्ण सत्याललाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। 

उनीहरूलाई सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेले सोही ठाउँको सेकुवा सेन्टर तथा नेवारी खाजाघरबाट पक्राउ गरेको उनले बताए।
प्रहीले उनीहरूले प्रयोग गरेको बा ३८ प १४८१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। नियन्त्रणमा लिइएका दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि स्थानीय प्रहरीको जिम्मा लगाइएको छ। 

यसअघि सशस्त्र प्रहरी बलले चैत १४ गते काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट ७ किलोग्राम तथा फागुन १ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ जोरपाटीस्थित नयाँबस्ती र भदौ २२ गते काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पाँच किलोग्राम पोलाइण्ड नामक लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।