बाणिज्य बिभागको अनुगमन जारी, २० उद्योगलाई कारबाही

काठमाडौँ, चैत २८। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ ।
 
ञघविभागले आज थप चार वटा तार उद्योगको कारोबार रोक्का गरेको छ भने गत यस महिना भरी १५० उद्योग अनुगमन गर्दै २०वटा भन्दा बढीको कारोबार रोक्का गरेको छ । 

आज कारोबार रोक्का गरिएका उद्योगहरूमा जनता केवल इन्डस्ट्रीञञ प्रा.ली., युनाइटेड वायर एन्ड केवल इन्डस्ट्री प्रा.ली., प्राइम केवल इन्डस्ट्री प्रा.ली. र राठी ब्रान्डको अन्नपूर्ण केवल्स प्रा.ली. रहेका छन् ।

विभागले काठ्माण्डौँको भोटाहिटी क्षेत्रमा अनुगमन गर्दा उक्त तार उद्योगहरूले आफ्ना उत्पादनमा अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखेको पाएपछि कारोबार रोक्का गरेको हो । 
कारबाहीमा परेका उद्योगीहरूले रोक्का गरिएको कारोबार फुकुवाका लागि बिलविजक लगायतका आवश्यक कागजात सहित विभाग उपस्थित हुन विभागले सूचना गरेको छ । 

विभागका महानिर्देशक कुमार दहालले भने, ‘हामीले मगाएका सबै कागजपत्र र नमुना सहित विभागमा उपस्थित भएको अवस्थामा कारबाही फुकुवा गर्नेछौँ, यसअघि कारोबार रोक्का भएका केही उद्योगको कारबाही फुकुवा पनि गरिएको छ । हामी नयाँ नयाँ ठाउँहरूमा अनुगमन गरी रहेका छौँ, अनुगमन हरेक दिन जारी रहन्छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा अनुगमन कार्यलाई तीव्रता दिएको वाणिज्य विभागले सबै सामग्रीहरूमा(एमआरपी) अनिवार्य गरेको छ । 

सिमेन्टका बोराहरूमा(एमआरपी) राख्नका लागि भने उद्योगीहरूले केही दिनको समय माग गरेकोमा उक्त समय सकिन लागेको छ । सिमेन्टमा आगामी वैशाख १ देखी (एमआरपी) राखिने बताइएको छ । 

तौलेर वा गजले नापेर बेच्ने बाहेकका हरेक सामग्रीमा (एमआरपी) अनिवार्य गरिएको हो । अनुगमन कार्यलाई तीव्रता दिएसँगै अधिकांश उद्योगीहरूले भने (एमआरपी) राखेको पाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।