कोशी प्रदेश पर्यटन वर्ष २०८२ सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ

विराटनगर, चैत्र २९ गते । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सहकार्यमा कोशी प्रदेश पर्यटन वर्ष,२०८२ लाई लक्षित गरी सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ भएको छ ।

चैत्र २९ गते विराटनगर महानगरपालिका-१५ स्थितमा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान भन्ने मुल नाराका साथ संचालन भएको कार्यक्रममा प्रमुख अतिथि कार्कीले पर्यटन वर्ष २०८२ लाई लक्षित गरी भारतबाट भ्रमणको लागि नेपाल आउनु भएका भारतिय पर्यटक सवार सवारी साधनहरुमा स्टिकर टाँस गर्नु भई कार्यक्रमको शुभारम्भ गर्नु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले कोशी प्रदेश पर्यटन बर्ष २०८२ को औपचारिकरुपमा उद्‍घाटन भईसकेको र बिभिन्न कार्यक्रमहरु मध्ये सुरक्षा जाँच तथा स्टिकर टाँस कार्यक्रम पनि एक रहेको बताउनु हुँदै बिभिन्न उदेश्य लिएर नेपाल भ्रमणको लागी आउनु हुने पर्यटकहरुले सहज रुपमा नेपाल भ्रमण गरी आफ्नो गन्तब्य सम्म पुग्ने बातावरणको सिर्जना गरी सत्कार र सम्मानका साथ समस्याको पहिचान गरी गुणस्तरीय सुरक्षा प्रदान गर्न तथा नेपालको भविष्य जोडिएको पर्यटन क्षेत्रको माध्यमबाट मुलुकलाई सम्पन्न र समृद्ध बनाउनको निम्ति सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ गरिएको बताउनु भयो ।

उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले सवारी साधनमा नेपाल आउनुहुने पर्यटकहरुले यातायात कार्यालयको खोजी गर्दै हिड्नु नपर्ने तथा नेपाल प्रवेशको पहिलो विन्दुमा नै सवारी साधनमा टाँस गरीएको स्टिकरले प्रदेशका बिभिन्न स्थानमा सहजरुपमा भ्रमण गर्न सहजता हुने बताउनुभयो ।

कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री सादनन्द मण्डलले नेपाल भ्रमणको लागि आउनु हुने पर्यटकहरुलाई कानूनले बर्जित गरेको भन्दा बाहेक अन्य कुनै किसिमको कठिनाई हुन नदिन अतिथि देबो भवःलाई साकार पार्न सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ गरिएको बताउनु भयो ।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, प्रदेश सचिव राम प्रसाद शर्मा, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी लगायत प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, संचारकर्मीहरु तथा स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

मोरङको विराटनगर,रानी सिमा नाका, झापाको काँकरभिट्टा, सुनसरीको कोशीव्यारेज र इलामको पशुपतिनगर नाकाहरुबाट भारत लगायत तेस्रो मुलुकबाट नेपाल भित्रिने पर्यटक सवार सवारी साधनहरुमा स्टिकर टाँस गरिने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।