नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ बिजयी

काठमाडौं, ३० चैत । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन प्यानलका अध्यक्षका उम्मेदवार वनसिंह गुरुङ ६१ मतान्तरले विजयी भएका छन । 

गुरुङ म्यानेजमेन्ट प्रालिका संचालक गुरूङ संघको पूर्व द्वितीय उपाध्यक्ष भएर संघको अनुभव सङ्गालेका व्यवसायी हुन् । अध्यक्षमा विजयी भएसङ्गै गुरूङले संघलाई निश्चित समूहको स्वार्थ पूर्तिको माध्यम बन्नबाट रोकि सबै व्यवसायीको हकहितमा काम गर्ने बताए।

लोकतान्त्रिक एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसंगको तालमेलमा बनेको यो प्यानलले अध्यक्ष, महासचिवसहित १३ पदमा बिजयी भएको छ भने गेलाल समुहका ४ बिजयी भएका छन । शु

क्रबार भएको निर्वाचनमा अध्यक्ष गुरूङले ४२८ मत पाउँदा उनका प्रतिश्पर्धी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन बीच तालमेलमा बनेको संयुक्त व्यवसायी समूहका   उम्मेदवार नरेश गेलालले ३६७ मत प्राप्त गरेका छन ।

प्रथम उपाध्यक्षमा एलाईन्स ह्युमन रिसोर्सका सुजित कुमार श्रेष्ठ बिजयी भएका छन भने विजयी श्रेष्ठले ३७५ मत प्राप्त गर्दा  नोकरी नेपाल प्रालिका संचालक नरेन्द्रप्रसाद ढकालले ७३ मत कम ३०२ मत प्राप्त गरेका छन । यसैगरी, सो पदमा प्रतिश्पर्धा गरेका स्वतन्त्र उम्मेदवार अख्तर हुसेनले १०१ मत प्राप्त गरेका छन ।

द्वितीय उपाध्यक्षमा गुरूङ प्यानलका अलर्ट ओभरसिज प्रालिका संचालक देवकुमार खोखालीले ४०२ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्दी गेलाल प्यानलका मधुकर रिजालले २४ मत कम ३७८ मत प्राप्त गरे।

तृतीय उपाध्यक्षमा गेलाल प्यानलका बैकुण्ठ पौडेल वैभवले ४३५ मत ल्याई विजयी भएका छन भने पराजित इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रालिका संचालक हर्कबहादुर लिम्बूले ८५ मत कम  ३५० मत प्राप्त गरे । 

यसैगरी महासचिवमा गुरूङ प्यानलका उम्मेदवार ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका संचालक महेशकुमार बस्नेतले ४२३ मत ल्याई विजयी हुदा प्रतिद्वन्दी गेलाल प्यानलका कर्णराज कटुवालले ६१ मत कमी ३६२ मत प्राप्त गरेका छन ।

गुरूङ प्यानलका अध्यक्षका  उम्मेदवार गुरुङ र महासचिवका उम्मेदवार बस्नेतले समान ६१ मतको अन्तरले निर्वाचन जितेका छन ।

यसैगरी आकृति रिक्रुटिङ प्रा। लि।का संचालक गुरूङ प्यानलका कुन्छा दोर्जे डिङ्दोङले ३७४ मत ल्याई सचिवमा विजयी भएका छन भने पराजित गेलाल प्यानलका उम्मेदवार अनिल बोगटीले ६३ मत कमी ३११ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटाले ९३ मत प्राप्त गरेका छन । 

कोषाध्यक्षमा विजयी गेलाल प्यानलका धनु सिंजालीले ४२८ प्राप्त गर्दा पराजित गुरूङ समूहका उम्मेदवार शुभ हारती मेनपावर प्रा लि का सञ्चालक बिक्रम श्रेष्ठले ७१ मत कमी  ३५७ मत प्राप्त गरेका थिए । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।