अटोमेटिक पेस्तोल र लागुऔषध सहित भारतीय नागरिक पक्राउ

सञ्जय मिश्रा /रौतहट,३१ चैत। रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले अटोमेटिक पेस्तोल र लागुऔषध सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 
 
पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला बैरगनिया थाना क्षेत्र अन्तर्गत ग्राम पंचायत नन्दबारा गाउँ घर भएका २३ वर्षिय किशन कुमार रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताएका छन्। 
 
गएराती साढे ९ बजे राजदेवी नगरपालिका ८ लक्ष्मीपुर बेलबिछवा नाका स्थित जैसवाल मदिरा पसल अगाडी मदिरा सेवन गरी एक आपसमा झैझगडा भईरहेको सूचनाको आधारमा प्रस्तावित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म गौरका प्रमुख डीएसपी दिनेश बस्नेतको कमान्डमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट लक्ष्मीपुरसहितबाट गएको गस्ती टोलीले  भारतीय नागरिक किशन कुमार लाई पक्राउ गरेको हो । 
 
उनको साथबाट गोली म्याग्जिन नभएको अटोमेटिक पेस्टोल १ थान र प्रतिबन्धित लागुऔषध कोरेक्स सिरप ३ थान, नाईट्रोभेट ५ ट्याब्लेट, मोबाईल १ थान, हातको बाला २ थान बरामद भएको एसपी बस्नेतले जानकारी दिएका छन्।

बरामद पेस्तोल र लागुऔषध अन्य सामान सहित पक्राउ परेका किशन कुमार लाई आवश्यक कारवाहीको लागि गएराती १ बजे जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरी नम्बर ११ हेक्वा रौतहटले जनाएको छ। भारतीय नागरिकले उक्त पेस्तोलको गोली सहित म्याग्जिन राती अंध्यारोमा कतै फालेको हुनसक्ने अनुमान गरिएको छ।
 
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।