मोरङकी २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धामी पक्राउ
मोरङ , ३ बैशाख । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीका अनुसार मोरङवाट उनी पक्राउ परेका हुन्।
मोरङकी २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका–८ राजघाट बस्ने ३७ वर्षीय मनोज धामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
धामीले ती महिलालाई गत चैत २८ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


