एकै व्यक्तिले गरे चार हजार इसेवा ह्याक, चोरे एक करोड

काठमाडौं – काठमाडौं अनामनगर बस्दै आएका कञ्चनपुरका एकै व्यक्तिले चार हजार इसेवा अकाउन्ट ह्याक गरेका छन्।

ती अकाउन्ट ह्याक गर्दा २२ वर्षीय ती युवकले एक करोड दुई लाख रुपैयाँ चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौं अनामनगर बस्दै आएका युवक राहुल बुढालाई पक्राउ गरेको छ।
उनलाई वैशाख २ गते कालिमाटीबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता अंगुर जिसीले बताए।

चोरी गरेको रकम उनले पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खातामा रकमान्तर गरेको जिसीले बताए। ‘यो उनले अहिलेको एक साताको अवधिमा गरेको चोरी हो,’ जिसीले भने।

इसेवाले अन्य धेरै अकाउन्ट ह्याक गरेको जनाएको जिसीले बताए। ‘हामीले अप्रिलको एक साताको स्टेटमेन्ट निकाल्दा उक्त बराबरको रकम चोरी गरेको पाइयो,’ उनले भने।

बुढाले ती चार हजार व्यक्तिलाई एसएएमएस पठाए। उक्त म्यासेज ‘द अलर्ट’, ‘एटी अलर्ट’ नामका थिए। ती ठगीका लिंक थिए।
बुढाले म्यासेजमा खाता ‘सस्पेन्ड’ हुन लागेको भन्दै ‘भेरिफाई गर्न लिंक खोल्न भनेका थिए। ती व्यक्तिहरूले लिंक खोलेपछि बुढाले उनीहरूको इसेवामा सहजै पहुँच पुर्‍याएर रकम चोरीको जिसीको भनाइ छ।

यसबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए। बुढालाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।