वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छः श्रममन्त्री

काठमाडौं, ५ बैशाख ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा देखिएका आवत समस्याहरु सबै पक्ष मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।

 
बिहीबार वैदेशिक रोजगार व्यावसायी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई मन्त्रालयमा स्वागत मन्त्री भण्डारी यस्तो बताएका हुन । उनले वैदेशिक रोजगार क्षेत्रमा देखिएको आवत समस्याहरु श्रम मन्त्रालय र वैदेशिक रोजगार व्यावसायी संघ मिलेर समाधान गर्नुपर्नेमा जोड दिए । 

उनले श्रम ऐन संशोधनका लागि कार्य निकै अगाडि बढी सकेको जानकारी गराउँदै अगामी संसद अधिवेशनबाट उक्त ऐन पारित हुने विश्वास व्यक्त गरे । बदलिदोँ परिवेशमा समय सापेक्ष श्रम ऐनका लागि वैदेशिक रोजगार व्यावसायहरुले पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । 

 

वैदेशिक रोजगार व्यावसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यावसायी संघ नेपाल सरकारको प्रमुख अंग जस्तो भएको जिकिर गर्दै संघको ३१ औं साधारणसभाबाट नवनिर्वाचित भएर आएका पदाधिकारीहरुसँग सहकार्य गर्न आफु तत्पर रहेको उनले बताए । 

 

उनले वैदेशिक रोजगार क्षेत्रलाई अझै सुरक्षित, मर्यादित र सहज बनाउन सबैले एक ढिक्का भएर काम गर्नका लागि आव्हान गरे । उनले पच्छिलो समय वैदेशिक रोजगारबाट फर्केकाहरुमा देखिएका स्वास्थ्य समस्या एक गम्भीर चूनौतीको रुपमा देखा परेको चिन्ता व्यक्त गर्नै श्रमिकहरु स्वास्थ्य सुरक्षाका लागि सचेत र गम्भीर हुन व्यावसायीहरुलाई आग्रह गरे । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖