शैक्षिक गुणस्तर वृद्धिमा विद्यार्थीको भूमिका अहम् : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले विद्यार्थीहरूको हकहितसँगै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

लिवर्टी नेपाल लागूपदार्थ उपचार तथा पुनःस्थापना केन्द्रले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा नेविसंघका तर्फबाट विजयी विद्यार्थीहरूको स्वागत सम्मान कार्यक्रमलाई
सम्बोधन गर्दै मेयर कोइरालाले स्ववियूको भूमिकासमेत परिवर्तन भएको उल्लेख गर्नुभयो ।

विगतमा स्ववियू र समग्र विद्यार्थीहरूले प्रजातन्त्र र लोकतन्त्रका लागि अग्रणी भूमिका खेलेको चर्चा गर्दै मेयर कोइरालाले अब शैक्षिक गुणस्तर वृद्धि, मुलुकमा सुशासनलगायतका पक्षमा खबरदारी गर्नु आवश्यक रहेको औंल्याउनुभयो । ‘विगतमा भएका विभिन्न आन्दोलनमा विद्यार्थीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । चाहे प्रजातन्त्र प्राप्तिको आन्दोलन होस् चाहे लोकतन्त्र प्राप्तिको आन्दोलन होस् । सबै आन्दोलनमा विद्यार्थीको योगदान अतुलनीय रहेको थियो,’ मेयर कोइरालाले भने, ‘तर अब परिवेश बदलिएको छ । विद्यार्थीले अब मुलुकको समग्र शैक्षिक गुणस्तर वृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्नु आवश्यक छ ।’

मेयर कोइरालाले पछिल्लो समय युवाहरू लागूऔषधलगायत विभिन्न कुलतमा फस्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । युवा विद्यार्थी परिवर्तनका संवाहकसमेत भएकाले युवाहरूलाई कुलतमा लाग्न नदिन विशेष भूमिका खेल्न आग्रह गर्नुभयोे ।

कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले समाज रुपान्तरणमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । राजनीतिमा लागेपछि जित–हार स्वभाविक भएको बताउँदै अध्यक्ष थापा मगरले जुनसुकै क्षेत्रमा सफल हुन निरन्तरता जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेविसंघका तर्फबाट निर्वाचित उपसभापति सुलभजंग बस्नेत, सचिव सुदीक्षा थापा मगर, कोषाध्यक्ष रोशनकुमार पासवान, सहसचिव मोहम्मद साहिल अन्सारी, सदस्यहरू कुशलकुमार साह तेली, सुशान्त बस्नेत, भानु चेल, रामदत्त मेहता, अञ्जिला काफ्ले, मोहम्मद सहिन, सविनप्रसाद नेउपाने, नविनबाबु तिवारी, रक्षक सुवेदी, अंकित पोखरेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस मोरङका उपसभापतिसमेत रहनुभएका मेयर कोइराला, अध्यक्ष थापामगर, आयोजक समितिका अध्यक्ष राजेन्द्रप्रसाद भट्टराई (राजन), व्यवस्थापक सुनिल थापा मगर, नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्की, हरि भट्टराई, कोशी अस्पतालका चिकित्सक डा. रोशन खड्का, समाजसेवी राजेन्द्र खनाल, क्रिकेट संघ मोरङका सभापति मोहम्मद सादबाबुलगायतले टीका, खादा, माला लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।