‘रकम असुली घटना’ मा एक पत्रकार प्रहरी हिरासतमा

मोहन लामिछाने/बारा, ५ बैशाख । बारा जिल्लामा व्यापार व्यवसायी गर्ने व्यक्तिहरूलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने आरोपमा एक पत्रकारलाई बारा प्रहरीले पक्राउ गरेको छ । 

 

पत्रकारिताको नाममा व्यापारीसंग धाक धम्की दिई रकम असुली गर्ने गरेको सूचनाका आधारमा प्रहरीले नियन्त्रण गरेको हो । 

यसरी पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगंज महानगरपालिका–१० घडिअर्वा घर भई हाल सोही स्थानको वडा नंम्बर १६ नवगा टोल बस्ने ४५ वर्षीय विष्णु सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

 

‘आफुलाई पत्रकार भन्ने विष्णु सर्राफले पत्रकार हुँ भन्दै पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने जस्ता कार्य भई रहेको सूचना यस कार्यालयमा आएको हुँदा धाक धम्की देखाई रकम असुल गर्ने व्यक्तिलाई बिभिन्न माध्यबाट खोज तलास गर्दै जाँदा २०८२ बैशाख ०४ गते बारा जिल्लाको प्रसौनी गाउपालिका–३ प्रसौनी गण्डक चोकबाट आरोपित पक्राउ पक्राउ गरिएको हो,’ बारा प्रहरी प्रवक्ता पण्डितले भने । उनका अनुसार साे बारेमा थप अनुसन्धान कार्य भईरहेको छ ।

 

प्रहरीले आरोपित पक्राउ गरेतापनि हालसम्म आरोपित व्यक्तिले रकम लिएको आधार भने भेटाइएको छैन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।