दर्ज्यानी चिन्ह शुसोभन कार्यक्रम
विराटनगर, बैशाख ०५ गते । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्राविधिक समुह अन्तर्गत प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा र प्रहरी सहायक हवल्दर पदबाट प्रहरी हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बैशाख ५ गते एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले दर्ज्यानी चिन्हद्वारा शुसोभन गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारीले पदोन्नति हुनुभएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनुहुदै पदोन्नति हुने प्रहरी कर्मचारीहरुको जिम्मेवारी समेत बढेको हुँदा आ-आफ्नो पदिय जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ ।


