तीन तहको सरकारको समन्वय उत्कृष्ट काम हुन्छ भन्ने उदाहरण भरतपुर सडक हो: सहरी विकास मन्त्री

चितवन, ५ बैशाख । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा युटिलिटी करिडाेरकाे अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् ।

 

पूर्वपश्चिम राजमार्गकाे ६ लेनमा विस्तारित गाेन्द्राङ- पुल्चाेक सडक खण्डकाे समुद्घाटन समाराेहलाई सम्बाेधन गर्दै उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले युटिलिटी करिडाेरकाे अवधारणाले विकास निर्माणकाे कामलाई राम्राे गर्ने बताए ।

 

सडक बने लगत्तै ढल, खाेनपानीकाे पाइप, फाइबर विछ्याउनका लागि भत्काइहाल्ने प्रवृत्ति राेक्नका लागस पनि युटिलिटी करिडाेरकाे अवधारणामा जानुपर्नेमा सिंहकाे जाेड छ ।

`खासकुरा शहरकाे बिचमा बाटाे बनाउँदा युटिलिटी करिडाेरकाे अवधारणालाई अब हामी हामीले अगाडि बढाउनुपर्छ । सडक बन्छ लगत्तै ढल, पाइपलाइन, फाइबर बिछ्याउन भत्काइन्छ , ´ उनले भने, `जसले गर्दा जनतामा बाटाे बनेपनि भत्किहाल्छ भन्ने परेकाे छ । यसलाई राेक्न युटिलिटी करिडाेरमा अब ध्यान दिनैपर्छ । ´

त्यस्तै उपप्रधानमन्त्री सिंहले अहिले सरकारले पूर्वाधार निर्माणतर्फ जोड दिइरहेकाे बताए ।

व्यवस्था बदलियाे अवस्था बदलिएन भन्ने भाष्य बनाउन अहिले खाेजिएकाे भन्दै उनले व्यवस्थासँगै जनताकाे अवस्थामा पनि परिवर्तन आएकाे दाबी गरे ।

`राम्राे काम हाेस् भन्ने जनताकाे चाहना छ, त्यसका लागि समय लाग्छ । धेरै कुरा गर्नुभन्दा काम गरेरै देखाउनुछ । डेलिभरी हुनुपर्याे भन्ने आम जनताकाे चाहना छ । डेलिभरी बिस्तारै हुँदैछ,´ उनले भने।

त्यस्तै उनले संघियताकाे भावना संघ, प्रदेश र स्थानीय सरकार मिलेर नै विकास निर्माणकाे काम गर्ने रहेकाे बताए । जनताले चाहेकाे आयाेजना तीन तहकाे सरकारकाे संयाेजनमा अघि बढाउँदा सफल हुनेरहेछ भन्ने उदाहरण पूर्वपश्चिम राजमार्गकाे ६ लेनमा विस्तारित गाेन्द्राङ- पुल्चाेक सडक खण्ड बनेकाे पनि सिंहले प्रष्ट पारे ।

उनले सडक विस्तारसँगै गतिशिलता बढ्ने र त्यसले आर्थीक गतिविधिवृद्धिसँगै पूर्वाधार निर्माण सहज बनाउने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।