प्रेम प्रस्ताव अस्विकार गर्दा गोली प्रहार

बुटवल । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा आज बिहान होटल सञ्चालिका २९ वर्षीया टिका विष्ट क्षेत्रीमाथि गो’ली ‘प्र’हार भएको छ।

होटल खोलेर सरसफाइ गर्दै गर्दा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका युवकले गो’ली हानेर फरार भएका हुन्। कम्मरमाथि गो’ली लागेकी टिका गम्भीर घाइते भएकी छन्।

उनले गो’ली हान्ने युवक भारतीय नागरिक आलम अन्सारी भएको प्रहरीसमक्ष बताएकी छन्, तर थप विवरण खुलेको छैन।

छिमेकीका अनुसार अन्सारी पहिलेदेखि होटलमा आउने, टिकालाई मन पराउने र केही दिनअघि भनाभनसमेत भएको थियो। टिकाको स्थायी घर पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा हो भने हाल उनी बुद्धनगरमा होटल सञ्चालन गर्दै आएकी थिइन्। घटनाको अनुसन्धान जारी छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।