धनकुटाकी चुनकुमारी हत्या प्रकरणका संग्लग्नलाई पक्राउ गर्ने प्रहरी निरीक्षक कुँवर र प्रहरी सहायक निरीक्षक कार्की सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर, बैशाख ६ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक दिवस कुँवर र प्रहरी चौकी अमाहीवरयातीमा कार्यरत प्रहरी सहायक निरीक्षक नवराज कार्कीलाई २०८१ साल चैत “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक कुँवरले चैत २५ गते सुनसरीको धरान-६ स्थित वनमा शंकास्पद मृत्यु भएकी धनकुटा महालक्ष्मी नगरपालिका-१ की ३४ बर्षीय चुन कुमारी दाहाल बुढाथोकीको अनुसन्धानको क्रममा हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको थियो ।

त्यसैगरि प्रहरी सहायक निरीक्षक कार्कीले चैत २१ गते मोरङको जहदा गाउँपालिका-७ का २७ बर्षीय उमेश कामतको घरबाट १०८८ किलोग्राम गाँजा बरामद गरी निजलाई पक्राउ गरेको थियो ।

उक्त उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल चैत “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।