शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठानका संरक्षक तथा बर्दिवास छन्द चौतारीका अध्यक्ष प्रेम घिमिरे ‘अग्नि कवच’को अध्यक्षता र मधेस प्रदेश सभा सदस्य माननीय शारदा थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रा. डा. सुमन कर्माचार्यलाई शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान–२०८१ द्वारा रु. १५,५५५ राशी सहित सम्मान गरिएको हो ।

कार्यक्रममा विशेष शारीरिक क्षमता भएका दुई विद्यार्थी—गरिमा परियार (जनता मावि गौरीडाँडा, कक्षा ८) र दिनेश महतो (जनता बहुमुखी क्याम्पस, चौथो वर्ष) लाई जनही रु. ५५५५ का दरले छात्रवृत्ति वितरण गरिएको थियो । सो सहयोग जनवादी लेखक सङ्घ सितामढी (भारत) का कोषाध्यक्ष महमद कामरुदिन नदाफद्वारा प्रदान गरिएको हो । त्यसैगरी, मिना देवकोटाद्वारा जनता मावि बर्दिवासकी कक्षा १० की छात्रा सुस्मिता कट्वाललाई रु. २५५५ छात्रवृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा कोशी प्रदेश अन्तर्गत उदयपुर र बाग्मती प्रदेशको रामेछाप, सिन्धुली जिल्लाबाट आएका साहित्यकारहरूको उल्लेख्य सहभागिता रहेको थियो । प्रमुख अतिथिसहित विशिष्ट अतिथि एवं अतिथिहरूमा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतम, साहित्यप्रेमी सरिता ढुङ्गाना, प्रलेस मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, बर्दिवास उद्योग वाणिज्य संघ अध्यक्ष विष्णु खड्का, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्मा, प्रलेस केन्द्र सदस्य विमला विक, महोत्तरीका पर्यटन व्यवसायी अध्यक्ष गुञ्ज बहादुर कार्की ‘गोपाल’, लेखक निला घिमिरेलगायतको उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न भाषा र लयमा गीत, गजल, कविता वाचन गरिएको थियो । वाचन गर्ने सर्जकहरूमा कुमार कुसुम, गोपाल यादव, मेघराज पौडेल, लालबाबु पोखरेल, कामरुदिन नदाफ, सुमित्रा आचार्य, बेलबहादुर परियार, श्याम यादव, पुनम झा, बाबुराम फुयाल, प्रतिमा पौडेल, पुष्पा गजमेर, विपिराज दाहाल, केशव फुयाल, जीवन आचार्य, घनश्याम पन्त, डा. सुमन कर्माचार्य, लम्बोदर काफ्ले, डा. जो जोनसन, डा. जेनी हेरिङटन, बोधकुमार घिमिरेलगायत थिए। सहभागी सर्जकहरूलाई स्व. शिशिर घिमिरेकी आमाले प्रशंसा पत्र प्रदान गरेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरूमा बुढ्यौली साहित्य समाज मधेस प्रदेश अध्यक्ष लम्बोदर काफ्ले र बर्दिवास उद्योग वाणिज्य संघ अध्यक्ष विष्णु खड्कासमेत थिए । प्रमुख अतिथि माननीय शारदा थापाले नेपाली साहित्यप्रतिको समर्पणमा यस्तो कार्यक्रमले थप हौसला प्रदान गर्ने बताउँदै प्रतिष्ठानको दीर्घायुको कामना व्यक्त गरिन् ।

सम्मानित व्यक्तित्व प्रा. डा. सुमन कर्माचार्यले मोफसलमा रहेका सर्जकहरूलाई सम्मान गर्दै साहित्य सृजनामा उत्साहित बनाउने कार्यप्रति हार्दिक आभार प्रकट गरे । उनले प्रतिष्ठानका संरक्षक प्रेम घिमिरे र धर्मपत्नी देवि घिमिरेप्रति विशेष धन्यवाद व्यक्त गर्दै प्रतिष्ठानको निरन्तर प्रगतिको शुभकामना दिए ।

कार्यक्रमको समापनमा सभाध्यक्ष प्रेम घिमिरेले प्रतिष्ठानको उद्देश्य साहित्य र संगीतमा समर्पित सर्जकहरूलाई प्रोत्साहन र सम्मान गर्नु रहेको स्पष्ट पारे । सम्मानित व्यक्तित्व डा. कर्माचार्य समाजसेवा, पेशागत योगदान र साहित्य सृजनामा समानरूपले सक्रिय रहँदै आइरहेको स्मरण गराउँदै उनीप्रति गौरव व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन सर्जक नारद काफ्लेले गरेका थिए भने स्वागत मन्तव्य भिमकुमार राउतले प्रस्तुत गरेका थिए । यो समग्र कार्यक्रम बर्दिवासस्थित विनायक ब्याङ्क्वेटको सभा हलमा भव्य रूपमा सम्पन्न भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।