जेनिथ इन्टरनेशनल कलेजद्वारा विद्यार्थीको विदाई

विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले विविए २०२० ब्याजका विद्यार्थीहरुलाई विदाई गरेको छ ।

कलेजले एक समारोहको आयोजना गरेर आठौं सेमेस्टरका विद्यार्थीहरुको विदाई गरेको हो । विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, जेनिथ इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरी, कार्यकारी सञ्चालक सीए अश्विनी वंशल, क्याम्पस प्रमुख सन्दीप दास श्रेष्ठ, कलेजका शिक्षक सरोज पोखरेल, शिक्षिका आस्मा चालिसेलगायतले विद्यार्थीहरुलाई खादा र अविर लगाएर मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डा. श्रेष्ठले विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिए । उनले कलेजमा अध्ययन गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रहसमेत गरे । कलेजले ६२ जना विद्यार्थीको विदाई गरेको थियो ।

कलेजले विद्यार्थीको चौतर्फी व्यक्तित्व विकासका लागि समय–समयमा अतिरिक्त क्रियाकलापका साथै विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।