विराटनगर महानगरद्वारा विराट सीप विकास केन्द्र सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले निजीसँगको सहकार्यमा सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने भएको छ ।

त्यसका लागि महानगरले उद्योग संगठन मोरङसँगको सहकार्यमा विराट सीप विकास केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रमार्फत सीपयुक्त दक्ष जनशक्ति उत्पादन गरिनेछ । केन्द्रको मेयर नागेश कोइरालाले आइतबार एक समारोहका बीच शुभारम्भ गरे । तत्कालका लागि विराटनगर–१ त्रिवेणी मार्गस्थित डनबक्सको स्कुलमा ५ वटा कोठा भाडामा लिएर केन्द्रले तालिम सञ्चालन गर्नेछ । विभिन्न व्यावसायिक फर्म र सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ । महानगरले कार्यविधि नै बनाएर केन्द्रमार्फत बजारको मागअनुसारको जनशक्ति उत्पादन गर्नेछ । महानगरले उद्योग संगठन मोरङका कार्यकारी सदस्य सुरेन्द्र गोल्छालाई केन्द्रको संयोजक तोकेको छ ।

तालिम सञ्चालनका लागि महानगरले विभिन्न संस्थालाई बजेट विनियोजन गर्ने गरेको थियो । यसरी संस्थाहरूमार्फत तालिम सञ्चालन गर्दा प्रभावकारी नभएको भन्दै महानगरवासीले नै गुनासो गर्दै आएका थिए । ती संस्थाहरूले उद्घोषण कलादेखि जुत्ताचप्पल बनाउने, अचार बनाउने, सिलाई बनाइलगायतका तालिम सञ्चालन गर्दै आएको थियो । अब महानगरले एकद्वार प्रणालीमार्फत बजारको मागअनुसारको तालिम सञ्चालन गर्ने मेयर नागेश कोइरालाले बताउनुभयो । सीप विकास केन्द्रलाई देशभरकै नमुनाका रुपमा स्थापित गर्ने उद्देश्य रहेको उहाँले सुनाउनुभयो ।

मेयर कोइरालाले सीप सिकेर आफैं स्वरोजगारसमेत बन्न सकिने धारणा राख्नुभयो । ‘सीप सिकेर जागिर नै खानुपर्छ भन्ने छैन,’ उहाँले भन्नुभयो, ‘आफ्नै व्यवसाय गरेर स्वरोजगार पनि हुन सकिन्छ । त्यसका लागि महानगरले पुँजीको समेत व्यवस्थापन गर्छ । कसैसित सीप छ तर तर लगानी गर्ने पुँजी छैन भने त्यसका लागि पनि महानगरले पुँजीको व्यवस्थापनका लागि पहल गर्छ । उदय परियोजना र प्रदेश सरकारसँग पनि कुराकानी भइरहेको छ ।’

उपमेयर शिल्पा निराला कार्कीले रोजगारीको खोजीमा रहेका युवा र दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाताबीच महानगरले पुलको काम गर्ने बताउनुभयो । लामो समयदेखि महानगरले विभिन्न संघसंस्थामार्फत तालिम दिँदै आए पनि त्यसको प्रतिफल एकदमै न्यून पाइएको उहाँको भनाइ थियो । एकद्वार प्रणालीमार्फत तालिम सञ्चालन गर्दा बजेटको दुरुपयोगसमेत नहुने उपमेयर कार्कीले बताउनुभयो । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले सीपलाई व्यापारीकरणसमेत गर्नुपर्नेमा जोड दिनुभयो । सीप सिकेर मात्रै नहुने बताउँदै सीपलाई व्यवहारमा उतार्नु जरुरी रहेको औंल्याउनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, सीप केन्द्रका संयोजक सुरेन्द्र गोल्छा, उद्योग संगठनका महानिर्देशक चूडामणि भट्टराईलगायतले आमनागरिकको जीवनयापनलाई सहज बनाउन सीप आवश्यक रहेको औंल्याउनुभयो । हातमा सीप भएको व्यक्तिले जस्तोसुकै ठाउँमा गएर पनि सहज रुपमा जीवनयापन गर्ने उहाँहरूको भनाइ थियो ।

सीप विकास केन्द्र शुभारम्भका अवसरमा निःशुल्क माला र पोते बनाउने तालिम सुरु भएको छ । तालिममा सहभागीहरूलाई मेयर कोइरालाले एप्रोन प्रदान गर्नुभयो । १५ दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षक मालती उपाध्यायले सहजीकरण गर्नुहुनेछ । तालिममा २० जना महिला सहभागी छन् । अब ई–रिक्सा मर्मत, बिल्डिङ इलेक्ट्रानिक्स, प्लबिङसहितका बजारको मागअनुसार अन्य तालिम पनि सञ्चालन गरिने केन्द्रले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।