गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं, ८ बैशाख । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको पूरक निवेदन हेर्न नभ्याइने भएको छ । 

 

सर्वोच्च अदालतमा आइतबार पनि निवेदन हेर्न नभ्याइनेमा परेको सो निवेदनमा आज पनि सुनवाइ हुन सकेन ।

 

गभर्नर नियुक्तिका लागि उमेरहद संशोधन कार्यान्वयन नगर्न परेको रिट र भट्टलाई गर्भनरमा नियुक्त नगर्न परेको निवेदन माथि न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

 

तर, अन्तिममा हेर्न नभ्याइनेमा परेको हो ।

 

सोमबार १३औं नम्बरमा परेका ती रिट र निवेदन आइतबार भने न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा ४० औँ नम्बरमा राखिएका थियो ।

 

उक्त संशोधनविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले चैत ३१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरुले नै गत शुक्रबार गर्भनरमा भट्टलाई नियुक्ति नगर्न मागहित  पूरक निवेदन दिएका हुन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।