संघीय संसदका तीनवटा समितिको बैठक बस्दै

काठमाडौं, ९ बैशाख । संघीय संसदका तीन समितिको बैठक बस्दैँछ ।

 

संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित समितिका कार्यालयमा बस्नेछन् ।

जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेडयुनियनसँग छलफल हुनेछ ।

 

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका काम कारवाही रकार्यप्रगति र अगामी आर्थिक बर्षको बजेट र कार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारीका बारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुने जनाइएको छ ।

साथै, विधायन व्यवस्थापन समितिका बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल हुनेछ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।