किर्ते जालसाजी मुद्दामा पूर्व वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

मुकेश कुमार यादव/सिरहा, ९ वैशाख । सिरहाका एकजना पुर्व वडा अध्यक्षलाई किर्ते जालसाजी मुद्दामा प्रहरीले पक्राउ गरेको छ।

 

प्रहरीले जिल्लाको नवराजपुर गाउँपालिका वडा २ का पूर्व वडा अध्यक्ष खुशीलाल साहलाई किर्ते जालसाजी मुद्दामा पक्राउ गरेको हो। 

 

सोमवार बिहान साहलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे । प्रहरीका अनुसार साहमाथि किर्ते जालसाजीको पुरानो मुद्दा रहेको र त्यससम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएकाे हाे ।

 

२०८० माघ १९ गते नवराजपुर–२ को पुर्व वडा अध्यक्ष समेत रहेका खुशीलाल साहले वर्तमान वडा अध्यक्ष सुरेश कुमार यादबको नक्कली हस्ताक्षर र वडा कार्यालयको छाप समेत किर्ते गरेको मालपोत सम्बन्धी बनाईएको चार किल्ला कागजातमा प्रष्ट देखिएकाे छ । साह स्थानिय तहको पहिलो २०७४ को निवार्चनमा नेपाली काङग्रेसबाट नवराजपुर गाँउपालिका वडा नम्बर २ मा निवार्चित भएका थिए। साहले स्थानिय तहको दोस्रो निवार्चनमा पार्टीले टिकट नदिए पछि नेकपा एमाले प्रवेश गरी गाँपा अध्यक्षमा लडेका थिए। एमालेबाट गाँपा अध्यक्षमा लडेका उनी पराजित भएपछि पुनः नेपाली काङग्रेसमै फर्किएका थिए ।

 

पुर्व वडा अध्यक्ष साहले वडाको पुरानै लेटरहेड प्रयोग गरी हस्ताक्षर र वडा कार्यालयको सरकारी छाप समेत किर्ते गरी उनको आफनै आमा कुलमतिया देवीलाई चारकिल्लाको सिफारिस गरिएको पाइएपछि घटना बाहिरिएको हो। पुर्व वडाअध्यक्ष साहले मालपोत कार्यालयमा किर्ते गरी कागजात पेश गरी जग्गा आफ्नो नाममा दर्ता गराएको खुलेकाे हाे ।

 

सरकारी कागजातमा ठगी, कागज किर्ते र आपराधिक मनसायले झुटो विवरण पेश गरी जग्गा आफनो नाममा नामसारी गराएको जानकारी आएपछि आफले २०८०/११/१३ गते ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा सरकारी कागजात किर्ते र ठगी गरेको प्रमाण सहित आवश्यक कार्यवाहीको लागी वडाबाट निवेदन दिएको वडा अध्यक्ष सुरेश कुमार यादवले जनाएको छ।

 

‘साहले पहिला कै लेटरहेड् प्रयोग गरी मेरो हस्ताक्षर र कार्यालयको सरकारी छाप समेत किर्ते गरेको जानकारी पाए पछि आफुले सबैतिर कार्यवाहीको लागी निवेदन दिएको छु,’ उनले भने, ‘यो मान्छे नै जालसाजी छ, उनीमाथी अहिले पनि थानामा ७ वटा भन्दा बढी मुद्दाहरु छ। गल्ती गर्ने मान्छेलाई कानुनले छोड्दैन। म ढुक्क छु ; काुननले अवश्य न्याय दिने छ।’ 

 

साहले सरकारी कागजातमा किर्ते गरेको आरोपमा उजुरी परे पछि अनुसन्धान थालिएको जिल्ला  प्रहरी कार्यालयका प्रवक्ता  (डिएसपी) विरेन्द्र पासवानले बताए। उनले भने, ‘पुर्व वडाअध्यक्ष साह उपर निवेदन आएपछि अनुसन्धान थालिएको छ ।’ अनुसन्धानको क्रममा प्राप्त प्रमाण र प्रयोगशालाको प्रतिवेदनका आधारमा साहलाई आज प्रहरीले नियन्त्रणमा लिएको जनाए। साहमाथी थप अनुसन्धान भईरहेको प्रवक्ता पासवानले जनाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।