श्रीमतीले नै गरिन् पुर्व डिजीपी श्रीमानको हत्या

हैदारावाद, ९ बैशाख । कर्नाटकका पूर्व प्रहरी महानिर्देशक (डीजीपी) ओम प्रकाशको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमती पल्लवीलाई पक्राउ गरेको छ । 
 
त्यसपछि उनलाई अदालतमा पेश गरियो, जहाँबाट उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ  । मिडिया रिपोर्टका अनुसार मृतककी छोरीलाई पनि पक्राउ गरिएको छ ।

प्रहरी स्रोतका अनुसार घटनाका बेला ओमप्रकाश खाना खाइरहेका थिए । यसै क्रममा दुवैबीच झगडा भएको थियो । यति नराम्रो भयो कि श्रीमतीले उनको हत्या गरिन् । पल्लवीले पहिलो पटक ओम प्रकाश माथि खुर्सानीको धुलो हानेकी थिइन् । धुलोबाट मुक्ति पाउन अघि डीजीपी यता उता दौडिरहेको बेला पल्लवीले उनको घाँटी, पेट र छातीमा छुरीले १०–१२ पटक प्रहार गरिन् । यो घटनामा छोरी कृति पनि त्यहीँ रहेकी थिइन् ।
 
हत्यापछि पूर्व डीजीपीकी श्रीमतीले अर्का आईपीएस अफिसरकी श्रीमतीलाई  ‘राक्षस मारिएको छ’ भन्ने सन्देश दिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पछि पल्लवीले उनलाई फोन गरेर ओमप्रकाशको हत्या गरेको बताएकी थिइन । त्यसपछि आइपीएस अधिकारीले आफैंले प्रहरीलाई खबर गरेका थिए ।
 
छोरा कार्तिकेशको उजुरीमा पूर्व डीजीपीकी श्रीमती र छोरी कृतिविरुद्ध हत्याको मुद्दा दर्ता गरी पक्राउ गरिएको हो । कार्तिकेशले आफ्नी आमा पल्लवीलाई विगत एक सातादेखि बुवालाई मार्ने धम्की दिइरहेको जनाएका छन् । धम्कीका कारण बुबा जेठी बहिनीको घरमा बस्न गएको उनको भनाइ थियो ।

दुई दिनअघि कान्छी बहिनी कृति त्यहाँ गएर बुवाको इच्छाविपरीत फिर्ता ल्याएकी थिइन् । दुवैको बुवासँग बारम्बार झगडा हुन्थ्यो । यसअघि कार्तिकेशले एक टिभी च्यानललाई आमा पल्लवी गम्भीर मानसिक रोगबाट पीडित रहेको बताएका थिए । उनी १२ वर्षदेखि सिजोफ्रेनिया (भ्रम, डर डिसअर्डर) को उपचार गराइ रहेकी थिइन् ।

मिडिया रिपोर्टका अनुसार ओमप्रकाश र श्रीमती पल्लवीबीच सम्पत्तिलाई लिएर विवाद भएको थियो । ओमप्रकाशले आफन्तलाई सम्पत्ति हस्तान्तरण गरेका थिए । यही कारण दुवैबीच बारम्बार झगडा हुने गरेको थियो, जुन पछि झडपमा परिणत भएको थियो । र अन्ततः मृत्युसम्म हुने अवस्थामा पुग्यो ।
 
हत्यामा उनकी छोरीको हात छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । बेंगलुरुका अतिरिक्त पुलिस कमिश्नर विकास कुमारले भने कि पुलिसलाई हिजो साँझ करिब ४ बजे सेवानिवृत्त अधिकारीको मृत्यु भएको जानकारी प्राप्त गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।