सर्लाही सीमाबाट बढ्यो टर्किस मकैको तस्करी

मलंगवा,९ बैशाख ।तेस्रो मुलुकबाट आयात गरेर ल्याइएका सामानहरू पुनः चोर नाका प्रयोग गरी भारत तर्फ तस्करी हुने क्रम रोक्न नसक्दा सर्लाहीको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।

 

राजस्व चुहावट नियन्त्रण, आपराधिक गतिविधि रोकथाम र सीमा सुरक्षाका लागि खटिनुपर्ने सशस्त्र प्रहरीको उपस्थितिमा नै विदेशी टर्किस मकैजस्ता सामानहरू सर्लाहीको विभिन्न क्षेत्रबाट भारततर्फ तस्करी हुने गरेको पाइएको छ ।

ताजा उदाहरणका रूपमा झापाको नाका हुँदै नेपाल भित्रिएको टर्किस मकै सर्लाही सदरमुकाम मलंगवा नजिकै पर्सा गाउँपालिका–५ स्थित सखुअवामा अवैध रूपमा भण्डारण गरिएको अवस्थामा फेला परेको हो ।

 

शनिवार विहानै सशस्त्र प्रहरीको प्रस्तावित गुल्म टावरबाट खटिएको टोलीले २५ केजीका करिब चार सय बोरा मकैसहित छापा मारे पनि स्थानीयको विरोध भएपछि मकै छाडेर पछि हटेको थियो ।

 

स्थानीय श्रोतका अनुसार, उक्त मकै भारतीय बजारमा पुनः तस्करी गर्न तयारी गरिएको थियो । घटनापछि राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले गोदाम सिल गरेको छ । कार्यालय प्रमुख हरि शर्माले मकै भित्र्याउने फर्मसँग कागजात मागिएको र अनुसन्धानपछि मात्र वास्तविक तथ्य सार्वजनिक गरिने बताएका छन् ।

घटनाले सीमा क्षेत्रमा सक्रिय सेटिङ्ग मिलाएर हुने तस्करीको सञ्जालप्रति समेत प्रश्न उठाएको छ । सर्लाहीका सग्राम्पुर, त्रिभुवननगर, मलंगवा लच्का, गोरखकाली लगायतका नाकाबाट किराना, चिनी, कपडा, स्पेयर पाट्र्स लगायतका सामानहरू पनि तस्करीमार्फत भारत–नेपाल ओहोरदोहोर हुने गरेको स्थानीयहरूले बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका गणपति एसपी देवबहादुर चन्दले भने उक्त गोदाम नियन्त्रणमा लिएर अनुसन्धानका लागि राजस्व कार्यालय पथलैयालाई जिम्मा दिइसकेको बताए ।

तर, स्थानीय बासिन्दाहरूको चर्को विरोधपछि प्रहरी टोलीले पछि हट्नु परेकाले सशस्त्र प्रहरीको निष्पक्षता र भूमिकामाथि स्थानीय तहमा गम्भीर आशङ्का उत्पन्न भएको छ ।

 

स्रोतहरूका अनुसार, टर्किस मकै सन्तोष साह कलवार र भारतीय कारोबारी समूह भैंलोक नेटवर्कसँग जोडिएको हुनसक्ने आशङ्का गरिएको छ । यिनीहरूले यसअघि पनि सेटिङ्गकै भरमा नेपाल हुँदै भारत तर्फ पटक–पटक मकै तस्करी गरेको आरोप छ ।

 

सीमामा यसरी खुलेआम तस्करी जारी रहँदा सशस्त्र प्रहरीको भूमिका माथि उठेका प्रश्नहरू समाधानतर्फ गम्भीर पहल अपेक्षित देखिएको छ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।