कारले स्कुटर र इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते

रत्ननगर, १० बैशाख। रत्ननगर नगरपालिका–१, निपनी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा कारले स्कुटर र इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।

 

 

टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ग ३ च ४९४९ नम्बरको कारले सोही दिशातर्फ गइरहेको ना ४३ प ७०६८ नम्बरको स्कुटर र एक इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा स्कुटर चालक रत्ननगर–७ का ५५ वर्षीय झौरा महतो, पछाडि सवार ४९ वर्षीया पवि महतो र इलेक्ट्रिक स्कुटर चालक खैरहनी–१ की ३० वर्षीया नवीना महतो घाइते भएका छन्। उनीहरूको बकुलहर रत्ननगर अस्पताल, टाँडीमा उपचार भइरहेको छ।

 

प्रहरीले कार चालक तनहुँ भिमाद–७ का २९ वर्षीय सुजन अर्याल र तीनैवटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।