बारामा १० लाख ८० हजारको चाँदीको गहना बरामद

बारा, १० बैशाख। बारा स्थित प्रहरीले १० लाख ८० हजार मूल्य बराबरको ६  किलो अबैध चाँदीको बिभिन्न किसिमका गहना बरामद गरेको छ।

प्रहरी चौकी पथलैया बाराबाट असई अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलिले मंगलवार साँझ जीतपुर सिमरा उप महानगरपालिका १ पथलैया चोक स्थितमा वीरगंजबाट तुलसिपुर दाङ जादै गरेको बा.प्र.३२५६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच उक्त गहना बरामद भएको हो।

बसको क्याभिन भित्र सिट मुनि वेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन शंकास्पद लागी खोली हेर्दा उक्त कार्टुन भित्र लुकाई छिपाई राखिएको  चाँदीको रेडिमेट गहना वरामद गरी आवश्यक कानुनी कारवाही प्रकृया अगाडी बढाईएको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन्।

बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा प्रहरीद्वारा सञ्चालित तस्करी नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको स्थानीयहरूले बताएका छन्

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।