हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ : परराष्ट्र सचिव राई

काठमाडौ । परराष्ट्र सचिव अमृत बहादुर राईले गैरआवासीय नेपाली संघमा पछिल्लो समय देखा परेको विवादास्पद अवस्थाको अन्त्यका लागि परराष्ट्र मन्त्रालयले हरसम्भंव प्रयास गरिरहेको बताउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसँगको भेटमा परराष्ट्र सचिव राईले गैरआवासीय नेपाली संघको महत्व आफैँमा पृथक रहेको भन्दै संस्थामा देखा परेको समस्या समाधानका लागि आफू तालुकदार मन्त्रालय भएको हिसाबले पनि सकारात्मक पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ, जो सँग सरकारले सहकार्य र समन्वय गर्न सकोस् ।

त्यसअघि संघका अध्यक्ष डा बद्री केसी र उपाध्यक्ष हेमराज शर्माले वर्तमान विवादको मुल कारण, शेष घले पक्षले एकतर्फी रुपमा गर्न लागेको महाधिवेशन र त्यसमा परराष्ट्र मन्त्रालयको भूमिका सन्दर्भमा धारणा राख्नुभएको थियो ।

अध्यक्ष डा केसीले आफूहरुले हरसम्भव प्रयास गर्दापनि ११ औँ कार्यसमितिलाई चिन्दै चिन्दैनौँ भनेर घले नेतृत्वको उच्चस्तरिय समितिले संवादको ढोका नै बन्द गरिदिएको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष डा हेमराज शर्माले परराष्ट्र मन्त्रालयले वैशाख ५ गते महाधिवेशन सार्न गरेको पत्राचार र त्यसपछि विकसित घटनाक्रमबारे जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “बैशाख ५ गते परराष्ट्र मन्त्रालयले एकताको महाधिवेशनलाई ६ महिना पछि सार्न पत्राचार गरेको छ ।

परराष्ट्र मन्त्रालयले एकताको वातावरण निर्माणका लागि गरेको यो पहलप्रति म व्यक्तिगत रुपमा पनि धन्यवाद दिन चाहान्छु । मलाई आशा छ, सम्मानित सर्वोच्च अदालतले पनि परराष्ट्र मन्त्रालयको पत्रलाई स्वीकार गरि एकताको वातावरण बनाउन सहयोग पुर्याउनेछ ।”
सोही अवसरमा अध्यक्ष डा केसीले नागरिकताको कार्यान्वयन लगायत आर्थिक सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वय गैरआवासीय नेपाली ऐनसँग पनि जोडिने भएकोले उक्त ऐन यथाशक्य छिटो ल्याउन समेत अनुरोध गर्नुभयो ।

जवाफमा परराष्ट्र सचिव राईले ऐनको मस्यौदाम हाल राय तथा परामर्ष लिने काम भइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, हामीले अहिले विभिन्न मन्त्रालयसँग सुझाव लिइरहेका छौँ तपाईहरुले पनि कस्तो ऐन चाहेको हो हामीलाई मस्यौदा तयार गर्न म अनुरोध गर्छु । सबै आफूले चाहेजस्तो त नहोला तर हामी सकेसम्म सबै पक्ष समेटिने गरेर ऐन बनाउन चाहान्छौँ ।

भेटमा अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षत्रय डा. हेमराज शर्मा, रोजिना प्रधान राई, राज रेग्मी, उप–महासचिव प्रविन गुरुङ, सचिव राधिका (टीका) गुरुङ, सह–कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, प्रवक्ता फणिन्द्र पन्त, एनसीसी बेल्जियमका पूर्वअध्यक्ष खड्क बहादुर केसी, सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिर, गैरआवासीय नेपाली नागरिकताका फोकलपर्सन सरोज दाहाल लगायतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।