तेस्रो पुन्यतिथिमा ५१ हजारको डिम्पल स्मृति पुरस्कारको घोषणा

रौतहट । रौतहट जिल्लाकै प्रथम महिला संघीय सांसद मधेश प्रदेश सभा सदस्य तथा पूर्व मंत्री स्वर्गिय डिम्पल झाको तेस्रो पुण्यतिथिको अवसरमा ५१ हजारको डिम्पल स्मृति पुरस्कारको घोषणा गरिएको छ। 

उनको गृहनगर रौतहटको दुर्गा भगवती गाउँपालिका–२ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले उक्त डिम्पल स्मृती पुरस्कारको घोषणा गरेका हुन।

वडा अध्यक्ष झाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो आधिकारिक आईडी मार्फत लेखेका छन ,हाम्रो दुर्गा भगवती गाउँपालिका–३ ३ मत्सरीको बुहारी डाक्टर डिम्पल झा । वहाँ नारी मात्र नभई एक क्रांतिकारी निडर महिला थिइन्। रौतहट जिल्लाकै प्रथम महिला संघीय सांसद प्रदेश सभा सदस्य हुदै मंत्रीसम्म पुगेर मत्सरी तथा हाम्रो दुर्गा भगवती गाउँपालिका कै नाम इतिहासको पानामा अमर गरेर अल्पआयुमै हामीलाई छोड़ेर गएको आज ३ वर्ष भयो। वहाँ प्रति हार्दिक श्रद्धांजलि प्रकट गर्दैछु । वहाँको स्मृतिमा अब उपरान्त दुर्गा भगवती गाउँपालिका–२ को कार्यालयबाट संचालन हुने ‘छोरी संरक्षण कार्यक्रम’ को नाम परिवर्तन गरी ‘डिम्पल स्मृति छोरी संरक्षण कार्यक्रम’ साथै  मेडिकल एमबिविएसको पढाईमा पूर्ण छात्रवृतिमा नाम निकाली अध्ययन गरिरहेका वा आगामी दिनमा नाम निकाल्न सफल हुने मत्सरीका छात्र छात्राहरुलाई नगद ५१ हजार डिम्पल स्मृति पुरस्कार स्वरुप वडा कार्यालय बाट दिने घोषणा गर्दछु,’ 

स्वर्गीय डाक्टर डिम्पल झा पूर्व मन्त्री तथा पूर्व संघीय सांसद अनिल कुमार झाको श्रीमती थिइन्। क्यान्सर रोगको कारण तीनवर्ष अघि उनको अल्पायुमै निधन भएको थियो।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।