उदयपुरबाट विराटनगर तर्फ जाँदै गरेको बस पल्टियो,दुई जनाको मृत्यु

सप्तरी- सप्तरीमा यात्रुबाहक बस अनियन्त्रिण भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २४ बढी यात्री घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीको सप्तीकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर मगराती छन् । अर्का एक महिलाको पहिचान खुलेको छैन ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत आइतबार मध्याह्न १२ बजेतिर सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा उदयपुरबाट विराटनगर तर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भएर पल्टेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। डिएसपी काफलेका अनुसार मृत्यु भएका दुवैजना च्यापिएर गम्भीर घएका थिए । दुवै जनाको विराटनगरको मोडेल अस्पतालमा उपचारको क्रममा भएको हो ।

गम्भीर, मध्यम र समान्य गरी दुई दर्जन यात्रु घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको डिएसपी काफ्लेले बताए । बसमा ३५ जना सवार रहेका थिए । बस चालक झापाको मेचिनगर नगरपालिका ७ का ४७ वर्षीय अमृत दर्जी र बसलाई इलाका प्रहरी कार्यालय कचनपुरको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।